दफा ११
सम्बन्धित मन्त्रालयले अनुगमन तथा मूल्याङ्कन गर्ने
(१) सम्बन्धित मन्त्रालयले आफू अन्तर्गत सञ्चालित योजनाको नियमित अनुगमन तथा मूल्याङ्कन गर्नु पर्नेछ।
(२) यस ऐन बमोजिम मातहतका विभाग वा कार्यालयले प्रभावकारी रूपमा अनुगमन तथा मूल्याङ्कन गरे वा नगरेको विषयमा सम्बन्धित मन्त्रालयले आवश्यक निगरानी गर्नु पर्नेछ।